२१ बर्ष पहिला अर्जुनचौपारी गाउँपालिका–१ मा स्थापित सहकारी सघ, प्रदेश तथा पालिका ऐन बिपरित सचालन भएको छ । यहाँको ग्रामिण स्वावलम्बन साना किसान कृषि सहरकारी लिमिटेडमा दुई हजार पाँच सय ३७ शेयर सदस्य रहे पनि सहकारी ऐन विपरित सिमित व्यक्ति मात्र सचालन समितिमा रहेको पाइएको हो ।
तदर्थ सहित आठ पटक नेतृत्व परिवर्तन भएको ग्रामिण स्वावलम्बन सहकारी ऐन २०७४ अनुसार संचालन गरिएको भनिए पनि सहकारी सोही ऐन, प्रदेश सकारी ऐन २०७५ र पालिका सहकारी ऐन २०७४ विपरित चलेको छ । सहकारी ऐनले ३३ प्रतिशत महिला सचालक समितिमा हुनुपर्ने भएकोमा आठौ पटकसम्म एक पटक मात्र तोएिको प्रतिशत पु¥याएर समिति गठन गरिएको छ ।
प्रदेश तथा पालिका सहकारी ऐनमा एक जना शेयर सदस्य कुनै एक पदमा दुई पटक मात्र रहने ब्यवस्था गरे पनि ऐन मिचेर पटक पटक एउटै व्यक्ति पदमा रहेको पाइएको हो । पालिका मातहतमा रहेर चल्ने सहकारी पालिकाकै ऐनलाई मिचेर सिमितले सहकारी संचालन गर्ने र पालिका ऐनको अबज्ञा गरेपछि वास्विकता बाहिर आएको हो ।
अर्जुनचौपारी गाउँपालिकाको सबै ठुलो सहकारी ग्रामिण स्वावलम्बन ऐन विपरित एउटै व्यक्ति कहिले अध्यक्ष, कहिले सदस्य पदमा रहेका छन् । २०५९ मा तदर्थ समिति बनेर अगाडी बढेको सहकारीको हालसम्म २४ जना मात्र संचालन समितिमा रहने अवसर पाएका छन् । पालिकाको ऐन अनुसार चल्न दबाब दिएपछि गत र्कािर्तक ४ गत भएको सातौ अधिबेशनमा पाचँ जना नयाँ सदस्यले संंचालक सिमतिमा आउने अवसर पाएका हुन् ।
सातौ अधिबेशनमा सहकारीमा आउने केही नयाँ सदस्य ससुरा र श्रीमानको सट्टामा परिवर्तित भएका हुन् । समितिमा रहेका १० जना पाँचदेखि आठौ पटकसम्म दोहोरिएर सचालक समितिमा नेतृत्व गरेका छन् । सहकारी ऐनमा सरकारी कर्मचारी सहकारीको संचालन समितिमा रहन नपाउने भए पनि सरकारी कर्मचारी पटकपटक हाली मुहाली रहेको छ भने कोहि पालिकाको दबाबपछि छाडेका छन् त कोहि सरकारी कर्मचारी अझै नेतृत्वमा रहेर काम गरेका छन् ।
नयाँ कार्यसमितिमा आउन चाहनेलाई विभिन्न उपसमिति र त्यसको सचिब र अध्यक्ष चाहिने वाहनामा आउन नदिएपछि सहकारीका केहि सदस्यले सहकारी नै छाडेर शेयर फिर्ता लिएका छन् भने कोही बिरोध गरेर बसेका छन् । सहकारीका बर्तमान अध्यक्ष बोधनारायण रेग्मीले सहकारी ऐन २०७४ ले पटकपटक समितिमा रहन नरोकेको बताए । सहकारी ऐन अन्र्तगत समितिमा दोहोरिएर अध्यक्ष तथा सदस्य रहेको बताउँदै उनले प्रदेश सहकारी ऐन र पालिका ऐनको भने अबज्ञा गरेका छन् ।
एक करोड ५२ लाख दुई हजार तीन सय रुपैयाँ चुक्ता पुँजि रहेको सहकारीमा लघुउद्यम कर्जा, कृषि कर्जा, मासु जन्य कर्जा, ब्यापार कर्जा, सहित २६ करोड २७ लाख ४१ हजार २२१ रुपैयाँ सहकारीमा छ ।
