अर्जुनचौपारी गाउँपालिकामा काँग्रेसका तिवारी निर्वाचन

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएर राजनीतिमा फड्को मारेका तिवारीले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै विजय घोषित भएका हुन् । तिवारीले ५ हजार २ सय ९१ मत ल्याउदा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याएकी छन् ।
गुरुङ अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । यस्तै, १ हजार ६० मतको अन्तरालमा उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बनेकी हुन् । गुरुङले ४ हजार ८ सय २७ मत ल्याउदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी अर्जुनचौपारीका वडामा पनि कांग्रेसकै बहुमत रहेको छ । अर्जुनचौपारी १ मा कांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित भएकाृ निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *