गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अर्थतन्त्रको मुख्य आधार नै पर्यटन रहेको बताएका छन् । पोखरा महानगरपालिकाको दशौ नगर सभाको उद्घाटन सत्रमा बोल्दै उनले पोखरा नेपालकै प्रमुख पर्यटकीय केन्द्र भएको बताएका थिए ।
‘संघीय सरकारस“ग पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नको लागि माग गरेको छु’ उनले भने, ‘हिजोका दिनमा अभिषाप कहलिएका खोल्सा, नदीनाला आज बरदान बनेका छन् । यिनको संरक्षण गर्नु हामी सवैको दायीत्व हो ।’

मुख्यमन्त्रीले गण्डकी प्रदेशभित्र लाखौ पर्यटक भित्रयाउने लक्ष्य भए पनि कोरोनाका कारण लक्ष्य सफल नभएको बताए । पर्यटकीय राजधानीमा पनि कोरोना महामारी व्यवस्थापन गर्न आफूहरु अव्वल रहेको उनको भनाई थियो ।
महानगरका जनप्रतिनिधिले आग्रह–पूर्वाग्रहरहित आफ्नो कार्यकाल सकाउन लागेको हुदा“ आफ्नो कार्यकालमा भएका कामलाई दस्तावेज बनाएर राख्न उनले उनले सुझाएका थिए । ‘तपाईहरुको दस्तावेज आउने नेतृत्वलाई मार्गदर्शन बन्न सक्छ’ उनले भने, ‘पोखरा महानगर ऐतिहासिक रुपमा महत्व राख्छ । महानगरका जनप्रतिनिधिले महानगरलाई मात्र होइन सिंगो प्रदेशको विकास निर्माणको लागि नेतृत्व लिनुपर्छ ।’ पोखरालाई सुन्दर र आकर्षण बनाएर धेरै दिनसम्म पर्यटन टिकाउनको लागि प्रदेश सरकार र महानगरपालिकाले हातेमालो गर्नुपर्ने उनको भनाई थियो । महानगर र प्रदेश सरकारबीच समन्वय हुन नसके समृद्ध प्रदेशका सपना पनि अधुरै रहने मुख्यमन्त्रीले बताएका थिए ।
पोखराको फोहोरमैला व्यवस्थापन, बसपार्कको व्यवस्थापन गर्नुपर्ने बताउदै मुख्यमन्त्रीले निर्माणाधीन मुग्लिङ–पोखरा सडकखण्डको वैकल्पिक बाटो बनाउनुपर्ने बताएका थिए ।