अर्थतन्त्र सम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले बाेलाए अर्थमन्त्री र गर्भनर

Share this post :

Facebook
Twitter
WhatsApp

खस्कदाे अर्थतन्त्र उकास्ने लक्ष्य लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री विष्णु पाैडेल र गर्भनर महाप्रसाद अधिकारीलाई अर्थतन्त्रकाेविषयमा छलफल गर्न बाेलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषय बारे छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

बैंकिङ क्षेत्रका समस्या तथा चुनौतीको विषयमा बुधबार बिहान अर्थमन्त्री र गभर्नरसँग प्रधानमन्त्री दाहालले चासो राखेका हुन् । छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *