अर्थमन्त्रीमा पुनः जर्नादन शर्मा दोहोरिने

Share this post :

Facebook
Twitter
WhatsApp

अर्थमन्त्री पदमा जर्नादन शर्मा पुनः नियुक्त हुने भएका छन् । माओवादी केन्द्रको स्रोतका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।उनले शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिले तय गर्ने बताए ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात जेठ १४ गतेमा राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । सो निष्कर्षपछि उनी पुनः अर्थमन्त्रीमा नै नियुक्त हुने स्रोतले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *