अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै

Share this post :

Facebook
Twitter
WhatsApp

युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदैछन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न र यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ ।
नेपाली लाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको गर्न र पीडितलाई कसरी न्याय दिन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि यूएई का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए । उनले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका छन ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने र उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्नका लागी यूएई सरकारबाट सहयोगको अपेक्षा राखृको बताएका छन ।
झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्नका लागी युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताएका छन । छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन उद्धार गर्ने र  आवश्यक परेको सहयोग गर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *