अवसरमा रमाउछन् मनाङे

Share this post :

Facebook
Twitter
WhatsApp

मन्त्रि नियुक्त भएपछि मनाङेले भने, ‘कर्मचारीले विहे नगर्नुस’

मनाङबाट निर्विरोध सांसद जितेका राजीव गुरूङ उर्फ दीपक मनाङे राजनीतिमा आउनुअघि गुण्डागर्दीमा रमाउथे । जब उनी राजनीतिमा प्रवेश गरे त्यसपछि अवसरमा मात्रै रमाउन थालेका छन् । उनकाे मिसन भनेकाे सत्ता नै हाे ।

गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा होमिएका मनाङे आइतबार पाँचौ पटक मन्त्री बनेका छन् । २० दिनअघि मात्रै नेपाली काँग्रेससंग मिलेर भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका उनी आईतबार एमाले-माओवादीकाे कित्तामा उभिए र विनाविभागीय मन्त्री भए । उनकाे राजनीति अस्थिरताले सत्ता जाेडघटाउमा सघाउ पुग्छ । उनकाे सहयाेगमा एमालेकाे २२ र माओवादीकाे ८ सीटले एमालेकाे नेतृत्वमा सरकार गठन गरिएकाे थियाे ।

मनाङे २०७४ मा मनाङबाट सांसद् बनेर सत्ता राजनीतिमा छिरेका हुन् । सक्रिय राजनीतिमा लागेपछि उनी जहिल्यै सत्ता गिराउने र टिकाउने निर्णायक बने । २०७४ को निर्वाचनमा मनाङबाट स्वतन्त्र चुनाव जितेका उनी मन्त्री बन्ने लोभमा एमाले छिरे । तर मन्त्री नबन्ने देखेपछि दल त्यागेर स्वतन्त्र बने । नभन्दै उनलाई बाहिर राखेर गण्डकीको सरकार गठन नहुने परिस्थिति बन्यो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा
गुरुङले मनाङेलाई मन्त्रालय फुटाएर खेलकुद मन्त्री बनाइदिए । मनाङेलाई मन्त्री बनाए पनि गुरूङको सत्ता भने टिकेन । उनैले अल्पमतको सरकार चलाए । मनाङे उनको सारथि दोहोरिए । ३० दिनपछि विश्वासको मत लिन नसक्दा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलेको नेतृत्वमा नयाँ सरकार बन्यो । मनाङेले नेपाली नेतृत्वकाे सरकारमा पनि बाजी मारे ।

मनाङे दोस्रो कार्यकालका लागि २०७९ मंसिरमा सर्वसम्मत् सांसद बने । मन्त्री बन्ने लोभमा उनी एकीकृत समाजवादी छिरेका थिए । तर गठबन्धनसँग सुविधाजनक बहुमत भएपछि उनको महत्व रहेन । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे र पाण्डे नेतृत्वको सरकार अल्पमतमा पर्याे । त्यसपछि मनाङेले पार्टी छाडेको घोषणा गरे । प्रदेश सभा सचिवालयमा स्वतन्त्र सांसदकाे हैसियत माग गरे र त्यसकाे भाेलीपल्ट चैत ५  भौतिक मन्त्री बने । भाैतिक मन्त्री भए पनि अल्पमतमा परेकाे पाण्डे नेतृत्व सरकारले विश्वासकाे मत पाउने अवस्था नरहेपछि गगठबन्धनकाे कित्ता चेन्ज गरेकाे उनले बताए । अल्पमतमा परेर मध्यवतिमा जानुभन्दा आफ्नाे समर्थनले सरकार बन्छ भने त्यतै साथ रहने उनकाे भनाई छ । ‘प्रदेशलाई मध्यवधिमा लैजान हुँदैन भन्ने हाे’ उनले भने, ‘कम्युनिस्ट सरकार बनाउनपर्छ भनेर मैले पहले पनि जाेडबल गरेकै हाे । कम्युनिस्ट नेताले आँट गरेनन् । काँग्रेसलाई मेराे साथ हुँदा केही हुँदैन् । राप्रपाकाे साथ भए पनि अझै एक सांसद पुग्दैनन् याे अधुराे सरकार उचित लागेन् । अनि छाडे ।’ काँग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासकाेमत नपाउने भएपछि चैत २१ मा राजीनामा दिएका थिए । उनकाे राजीनामा पश्चात् प्रदेश प्रमुख डिल्लीराज भट्टले सात दिनभित्र बहुमतकाे सरकार गठनका लागि आह्रवान गरे र एमालेकाे नेतृत्वमा चैत २५ मा सरकार बन्याे । मनाङे मन्त्री बने । मन्त्री बनपछि मनाङेले कर्मचारीलाई विहे नगर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *