कास्कीमा अविरल वर्षाका कारण दुई बालबालिकाको मृत्यु भएको छ । आज विहान सभा दुई बजे कास्कीको मादी गाउँपालिका–५ चितेपानीस्थित प्रकाश रानाभाटको व्लक र टिनले बनको ३ कोठे घरको पछाडि पट्टीको डिस्को खस्दा १३ वर्षिया आयुस्मा खानाभाटको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
हजुरआमा लालमाया बन्जारीलाई सकुसल उद्धार गरिएको छ ।
यस्तै,
पहिरोमा परी १ जना बालकको मृत्यु १ जना महिला घाईते स्( मिति २)८१।)३।१२ गते अं।)३स्)) बजेको समयमा जिल्ला कास्की
पोखरा महानगरपालिका–२७ आरूपाटास्थित ३१ वर्षिय हरि सुनारको छोरा ३ वर्षिय बालका अनमोल सुनारको मृत्यु भएको छ । ढुङ्गा माटोले बनेको २ कोठाको कच्ची घर अविरल बर्षाको कारण पहिरो आउँदा भत्किएको छ । अनमोलको पहिरोमा पुरिएको मृत्यु भएको हो ।
हरि सुनारको श्रीमती २७ की रितु सुनार घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ । प्रहरीले रितुको अवस्था सिरियस रहेको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
अबिरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तर्गत सडक भासिएको पोखरा महानगरपालिका–१४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोको पानी बाहव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको छ ।