अवैधरुपमा नदीजन्य पदार्थ चोरी निवासी गरेका दुई सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत विहीवार विहान सभा १० बजेको समयमा पोखरा महानगरपालिका–१६ स्थित अवैधरुपमा नदीजन्य पदार्थ ढुँगा, गिट्टी, बालुवा ओसारपसार गरिरहेका ग १ ख ८५८६ नम्बरको मिनि टिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले आइतबार दुवै सवारी साधनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको जनाएको छ ।
Post Views: 19