अवैध हतियारसहित पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

अवैध हतियार सहित प्रहरीले पोखरा महानगरपालिका ३२ मजुवास्थित शंकास्पद अवस्थामा हिँडिरहेका कास्कीकाे माछापूच्छ्रे गापा-५ रिभान बस्ने ३४ बर्षिय गणेश गुरुङलाई पक्राउ गरेकाे छ ।

उनले बोराभित्र लुकाईछिपाई लिएर हिँडिरहेको अवस्थामा एउटा एकनाले भरुवा बन्दुक, सोही बन्दुकमा लाग्ने एउटा केप र बारुद १५ ग्रामसहित प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिई लिएकाे जनाएकाे छ ।

उनलाई साेही दिन कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले बतायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *