अवैध उत्खननमा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध उत्खनन्मा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका–२ देवीस्थानस्थित अरौदीखोलामा अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् र ओसारपसारमा संलग्न ग १ ब ६१८७ नम्बरको जेसिबी र लु ४ त १४२२ नम्बरको ट्याक्टरलाई नियन्त्रण लिएको जनाएको छ । आइतबार नियन्त्रणमा लिएका जेसिबी र टयाक्टरलाई थप कारवाहीको लागि सोमबार पुतलीबजार नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *