गण्डकी प्रदेश अन्तर्गतका अस्पतालमा अव बायोमेडिकल इन्जिनियरको व्यवस्था गरिने भएको छ । एकपछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका अस्पतालमा बायोमेडिकल इन्जिनियरको व्यवस्थाको तयारी सुरु गरेको जनाएको छ । मन्त्रालयले स्वास्थ्य नीति जारी गरेपछि नीति भित्र रहेका विषयलाई एकपछि अर्कोलाई कार्यान्वयन गर्ने लक्ष्य अनुसार बायोमेडिकल इन्जिनियरको व्यवस्था कार्यान्वयनको प्रक्रिया थाल्न लागिएको स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले जानकारी दिइन् ।
अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षो लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको मन्त्री गुरुङको भनाई छ । पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उद्घाटन गर्ने क्रममा उनले गुणस्तरीय सेवाका लागि भएका उपकरण सहि अबस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्तिको आवश्यक पर्ने बताइन् । आम मानिसको पहु“चमा पुग्ने स्वास्थ्य निति बनाइएको हुदा“ सो अनुसार कार्यान्वयनको चरणमा अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दिर्घकालिन बनाउन उजुरी रहेको मन्त्री गुरुङको जोड थियो ।
उनका अनुसार प्रदेशका बिभिन्न स्थानमा रहेका अक्सिजन प्लान्ट अहिले प्रयोगविहिन छन् । निर्माण मात्र ठूलो नभई प्रभावकारी बनाउनुपर्ने उनको धारण छ । मन्त्रालयका सचिव डा श्रीराम तिवारीले अहिलेको अवस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन बढी रहेको बताए । नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने व्यवस्था आम नागरिकका लागि ऐतिहासिक महत्वको र्निणय भएको बताए ।
