आँखा संक्रमण रोक्न कुनै कसरत बाँकी राखिदैन मन्त्री सिंखडा

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने संक्रमण फैलिएको छ । यसको असर गण्डकी प्रदेशमा पनि परेको छ । 
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले याे संक्रमण राेक्न आफ्ना मातहतका स्वास्थ्य सम्बन्धी सबै संस्थालाई निर्देशन दिएकी छन् । 
उनले कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिनको लागी योजना बनाएर अघि बढेको, स्थानीय तह र सङ्घ सरकारसँग समन्वय गर्दै महामारी तथा आपतकालिन रोग नियन्त्रण गरेको र यसलाई निरन्तरता दिइने बचाएकी छन् ।
एक हप्ता अघिदेखि सङ्क्रमण रोकथामको लागी विभिन्न पहल हुँदै आएको उनकाे भनाई छ ।
बिरामीले औषधी उपचार पाउन पहुँच भन्दा बाहिर नराख्न उनले निर्देशन दिएकी छन् । 
सङ्क्रमण रोक्नको लागि तनहुँ स्वास्थ्य कार्यालय, दरबाङ स्वास्थ्य चौकी म्याग्दीले आँखा शिविर, कास्कीका विद्यालयहरूमा चेतनामूलक कार्यक्रम र स्वास्थ्य कार्यालय नवलपुरमार्फत त्यस जिल्लाका विभिन्न पालिकामा २ हजार थान आइ ड्रप सहयोग गरिएको छ । मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा नेत्र रोग विशेषज्ञ, म्यादी, कास्की, लमजुङ र तनहुँमा नेत्र रोग सहायकद्वारा सेवा दिइएको छ । 

विभिन्न ठाउँमा आँखा शिविर सञ्चालनमा हुँदै आएको र आवश्यकता अनुसार शिविर बढाउन सकिने मन्त्री सिंखडाले जनाईन् । गोरखामा हिमालयन आँखा अस्पतालको समन्वयमा सेवा प्रदान गर्दै आएकाे छ । सङ्क्रमित १५ जनाको नमुना संरकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । 
पोखराको चरक मेमोरीयल अस्पताल, हिमालयन आँखा अस्पताल साउन मसान्त सम्म निःशुल्क टिकटको व्यवस्था भएको, सङ्क्रमण रोकथामको लागि जनचेनामुलक सामाग्री सामाजिक सञ्जालमा राखिएको छ । 
सङ्क्रमण धेरै भएका पालिकामा विद्यालय बन्द गराउने र अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ । 

हालसम्म कास्की जिल्लामा ८ हजार ५ सय १३ जनामा सङ्क्रमण देखिएको छ । नवलपुरमा ५ सय ६०, पर्वतमा ४ सय, तनहुँमा ३ सय ६६, गोरखामा ३ सय ४२, स्याङ्जामा १ सय ५६, म्याग्दीमा १ सय १२, लमजुङमा ५३, मुस्ताङमा २८ र मनाङमा १५ जनामा सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *