स्याङ्जाको आँधीखोला गाउँपालिकाको प्रशासकीय भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवनको उद्घाटन गरेका हुन् ।
२०७६ जेष्ठ १० गते ५ करोड ६४ लाख रुपैयाँ सम्झौता भई २०७६ असोज १४ गते तत्कालीन प्रदेश सांसद मीनप्रसाद गुरुङले भवनको शिलन्यास गरेका थिए । २०७८ चैत ४ गते निर्माण सम्पन्न भएको उक्त भवनको २०७९ साल साउन १८ गते जनप्रतिनिधि र स्थानीयको सहभागीतामा प्रवेश गरि सेवा प्रारम्भ गरिएको थियो । भवन उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको हो ।
पालिका प्रमुख विश्व पौडेलले जनताको सेवा प्रवाहका लागि प्रशासकीय भवनको पनि आवश्यक पर्ने बताए । आफ्नो कार्यकालको एक वर्ष वितिसकेको बताउँदै उनले अघिल्लो कार्यकालले भवन निर्माण गरेको बताए । ‘हामी भवन प्रवेश गर्यौ’ उनले भने, ‘जनताका आवश्यकता सम्बोधन गर्न पनि गतिलो ठाउँ चाहिने रहेछ । सुविधा सम्पन्न भवन भए जनताले पनि सहज सेवा पाउनेछन् ।’ उनले सामाजिक, आर्थिकसगै भौतिक विकास पनि आवश्यक रहेको बताए ।