आउँदो निर्वाचनामा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु तालमेल गर्ने भएका छन् । शुक्रबार सझदारी पत्र सार्वजानिक गर्दै उक्त निर्णय गरेका हुन् । गठबन्धनको वैठकमा भदौ पहिलो साताभित्र सिट बाँडफाँट गर्ने निर्णण् पनि भएको हो । सिट बाँडबाँटको टुंगो लगाउन सवै दलको प्रतिनिधित्व हुने गरि कार्यदल समिति समेत गठन भएको छ ।
प्रतिनिधिसभामा १ सय ६५ र प्रदेश सभामा ३ सय ३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन । सिट बाँडफाँटका लागि नेताहरुबीच प्रस्तिपर्धा छ । यसो त, कतिपय गठबन्धन नगर्ने चुनाव एक्लाएक्लै लड्ने प्रतिक्र्रिया पनि दिदैँ आएका छन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्रमा सुरक्षित राखेर एमालेले जितेको स्थानमा भाग बन्दा गर्नुपर्ने विषय उठे पनि सवै ठाउँमा यो ढाँचा अनुसार काम गर्न नसकिने नेताहरु स्वंम बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट लिने दावी गरेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *