आगलागीबाट घाईते महिलाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरामा आगलागीबाट घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आइतबार पोखरा-१३ काहुँखोलामा आगलागी घटनामा सङ्गीता सापकोटा घाइते भएकी थिईन ।

आगलागीमा उनी ८५ प्रतिशत जलेर गम्भीर घाइते भएकी सङ्गीताको सोमबार बिहान करिब ११ बजे मृत्यु भएको बताईएकाे छ ।

सोही घटनामा घाइते ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ । ४० वर्षीया सापकोटाकै घरमा भाडामा स्टेसनरी पसल सञ्चालन गर्दै क्षेत्रीले आगो लगाएर आत्महत्या प्रयास गरेको र सापकोटाले उनलाई बचाउन गएको बताइए पनि घटनाको खास कारण भने अझै खुलेको छैन ।

आगलागीबाट घाइते दुवैलाई उद्धार गरि उपचारका लागि
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । क्षेत्रीको भने उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *