आगामी वर्ष लगानी सम्मेलन

Share this post :

Facebook
Twitter
WhatsApp

इन्भेष्ट गण्डकी परियोजना सञ्चालन गरेर लगानी सम्मेलन गर्ने तयारी प्रदेश सरकारको छ ।

गण्डकी प्रदेश सरकारकाले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ । आइतबार आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदवहाली गर्दै उक्त कुरा बताएका हुन् । यसका लागि उनले इन्भेष्ट गण्डकी परियोजना सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।
चैत २५ मा विनाविभागीय मन्त्री बनेका चुमानले शनिवार मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । परियोजनाको अवधारणपत्र तयारी गर्न आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । परियोजनामा पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युत गरेर ४ वटा प्राथमिकताका क्षेत्र तोकेर योजना निर्माण गरिने अर्थमन्त्री चुमानले बताए ।
ईन्भेष्ट गण्डकी परियोजनालाई पब्लिक प्राईभेट पार्टनरसीप मोडलमा र नीजि लगानी गरेर दुबै मोडलमा लगानीकर्ता आकर्षित गरिने मन्त्री चुमानले बताए । ईन्भेष्ट गण्डकी परियोजनामा समेटिएका योजनालाई सोकेसमा राखेर लगानी सम्मेलन गर्ने तयारी गरिएको उनको भनाई छ ।

मन्त्री चुमानको अर्को निर्णय बजेट लेखन समिति रहेको छ । आगामी वर्षको बजेट निर्माणका लागि अहिलेबाट नै थालनी गर्नुपर्ने बताउदै उनले समिति बनाउने बताएका छन् । अर्थ मन्त्री चुमानले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च चित्त बुझ्दो नरहेको बताए । बजेट खर्च गर्ने परम्परागत परिपाटी पनि आगामी आर्थिक वर्षमा सुधार गरेर लैजानुुपर्ने उनको भनाई थियो । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधार गरेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीको कार्यशैली बदल्नुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *