आज कुन विदेशी मुद्राको मूल्य कति ? हेर्नुस् सूची

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन् । अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच हुने छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको मूल्य यही थियो।

बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *