आज केही ठाउँमा हावाहुरी र हल्का वर्षा

Share this post :

Facebook
Twitter
WhatsApp

आज देशको केही ठाउँमा हावाहुरी हुने भएको छ भने हल्का वर्षा पनि हुने बताइएको छ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जनका साथै चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *