आज गण्डकी प्रदेश सभाको वैठक बस्दै, कांग्रेसले बहिष्कार गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सभाको वैठक आज (शुक्रबार) बस्दै छ । आजको वैठकमा बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका थिए । उनको पक्षमा ३०, विपक्षमा २७ र तटस्थ २ सांसद बसेका थिए । ३० लाई बहुमत घोषणा गरिएपछि कांग्रेसले नाराजुलुस गरेको थियो । त्यसपछि वैठक अनिश्चिितकालसम्मलाई स्थगित गरिएको हो ।

असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता सरकारलाई छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने तयारीमा सरकार छ ।

मुख्यन्त्रीले पाएको विश्वासको मतमा असन्तुष्टि जनाउदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । उक्त रिट विचाराधिन छ । मुद्दाको किनारा नलाग्दासम्म संसद बैठक बहिष्कार गर्ने कांग्रेसले बताएको छ । कांग्रेस संसदीय दलको विहीवार जारी विज्ञप्तीमा भनिएको छ, ‘सभामुखले असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको भनी घोषणा गरेको प्रक्रियाविरूद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटको सम्बन्धमा निरन्तर सुनवाइ भइरहेको छ । ‘मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले काम चलाऊ बनाएकै अवस्थामा अदालतको आदेशको अवहेलना हुने गरी प्रदेशसभा बैठक आह्वान गरिएकोमा कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मुद्दाको पेशी जेठ १४ लाई तोकिएको छ । अदालतको अन्तिम आदेशपछि मात्र बैठक अघि बढ्ने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । संसद बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समिति बैठक डाकिएको छ । गण्डकीमा राप्रपा पनि प्रतिपक्षमा छ । राप्रपा संसदमा उपस्थित हुने या नहुने भन्ने निर्णय सार्वजानिक भएको छैन् । यदी राप्रपा समेत संसदमा उपस्थित नभए प्रतिपक्षी विहिन संसद चल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *