आजदेखी दसै सुरु भएको छ । आइतबार नवरात्रको पहिलो दिन, घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ ।
यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमी आश्विन शुक्ल पूर्णमासम्म १५ दिन मनाइन्छ । नवरात्र सुरु भएसँगै देवीका मन्दिरमा पनि विशेष पुजाको आराधना सुरु भएको छ ।
बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
Post Views: 37