लामो समयपछि आज गण्डकी प्रदेशसभाको वैठक बस्ने भएको छ । १७ दिनपछि बैठक बस्ने तयारी भएको प्रदेशसभा संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वैठक दिउँसो १ बजे बस्दै छ । वैठकको लागि सरकारले विजनेश दिन सकेको छैन् । विजनेश नहुदाँ वैठक धकेलिदै आएको सचिवालयले बताएको छ ।
यसअघि प्रदेश सभाको माघ २ गते बसेको बैठकमा उपसभामुखको निर्वाचन भएको थियो । त्यसपछि १९ गतेसम्म बैठक स्थगित भएको छ । आम निर्वाचनपछि मुख्यमन्त्री, मन्त्री चुन्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने, सभामुख, उपसभामुख चुन्ने काम पूरा भइसकेको छ । अब प्रदेश सभा बैठकमा कस्ता विषयले प्राथमिकता पाउँछन् भन्नेमा सबैले चासो छ ।
प्रदेश सभामा विधायन समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला समिति छन् । प्रदेश सभामा ती समिति गठन भएका छैनन् । ‘दलहरुले सचेतक, प्रमुख सचेतक, दलको नेता छान्न बाँकी छ । त्यसपछि कार्यविभाजन गरी हामी समितिलाई पूर्णता दिने सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
