आठ किलो गाँजासहित गुरुङ पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरीका कार्यालय स्याङ्जाले झण्डैं ८ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–२ हुडीकोट निवासी ६७ वर्षिय डिलबहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरभित्र तिनवटा जेब्रा झोलामा र दुइवटा वोरामा लुका छिपाई राखेको अवस्थामा गाँजा सहित गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङले घरवाट लुकाइछिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सुचनाको आधारमा खोजतलास गर्दा ७ किलो ८ सय ग्राम गाँजा सहित गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए । उनकानुसार गाँजा नियन्त्रणमा लिइएको छ भने, गुरुङलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *