आपराधिक विश्वासघात मुद्दामा दुई जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

आपराधिक विश्वासघात मुद्दामा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा नेपाल आयल निगम प्रादेशिक कार्यालयमा कार्यरत चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधी जगन्नाथ ढुंगाना रहेका छन् ।
गत साउन २५ गते दिउसो पोखरा महानगरपालिका–३० पावरहाउसस्थित नेपाल आयल निगम प्रादेशीक कार्यालय डिपोबाट ग २ ख ८३६ नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरे भन्दा बढी परिणामको पेट्रोलियम पदार्थ (डिजेल) चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पोखरा–२७ स्थित पश्चिमान्चल पेट्रोल पम्पमा लैजादै गर्दा प्रहरीले पोखरा–२७ डा“डाको नाकस्थित प्रहरीले चालकलाई पक्राउ गरेको थियो भने, ट्यांकरलाई नियन्त्रणमा लिएको थियो ।
चालक थापा र ट्यांकरलाई आश्यक कारबाहीको लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएको थियो । कास्कीले उक्त विषयमा अनुसन्धान गर्न पुनः प्रहरीलाई नै जिम्मा लगाएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिसुवा कास्कीमा मुद्दा दर्ता भई थापा र ढुंगानालाई पक्राउ गरी जिल्ला अदालतबाट दिनको म्याद थप गरिएको जिल्ला प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनले यस विषयमा विस्तृतरुपमा अनुसन्धान भइरहेको बताएका छन् ।
प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग कास्कीका प्रतिनिधी, नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौडा डिपोका अधिकृत स्तरका कर्मचारी, स्थानिय जनप्रतिनिधीसमेतको रोहबरमा उक्त ट्यांकरमा रहेको पेट्रोलियम पदार्थ चेकजाँच गरिएको थियो । मापन गर्ने क्रममा चालक थापासंग भएको विल भौचरमा १२ हजार लिटर उल्लेख गरिएको थियो भने चेकजाँच गर्दा १५ हजार लिटर भेटिएको थियो । कार्यालयका प्रमुख चितरञ्जन दास अहिले सम्पर्कविहीन छन् । दासले नै तेल चोरी गरेको आरोप छ । उनी साउन २५ गतेबाट नै फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *