वैदेशिक रोेजगारमा जाने हो भन्ने मनस्थिति भएपछि त्यस विषयमा पनि जानकारी लिनुपर्ने रैछ । सरकारले होस या विदेशी, वैदेशिक रोजगारीको लागि जान धेरै सुविधा दिएको छ । कानुन बनाएको छ । तर, हामीले नबुझ्दा उल्टै ठगिएका छौ ।
सामाजिक विकास मन्त्रालयमा आप्रवासी श्रमिक दिवसको आवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा सहभागी तारा गुरुङले वैदेशिक रोजगारीमा जो कोहीले पनि पु¥याइदिन्छु भन्दै ठग्ने गरेको बताइन् । नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धि कानुन बनाए पनि स्वदेश तथा विदेशमै ठगिने संख्या बढ्दो रहेको उनको भनाई थियो । ‘मेनपावरको ठगी उस्तै छ’ उनले भनिन्, ‘जाने व्यक्तिले केही बुझेको हुदैन् । मेनपावरले जे बोल भन्यो त्यही बालिएको हुन्छ । वैदेशिक रोजगारीमा जाँदा न्युनतम के के कुरा गर्नुपर्छ भन्ने नेपाल सरकारसँग योजना नहुदा पनि समस्या रहेको उनले सुनाएकी थिइन् । वैदेशिक रोजगारीमा लैजाने भन्दै ठग्ने व्यक्तिलाई हदैसम्मको सजाय हुनुपर्ने उनको माग थियो ।
‘सरकारले सीपविनै श्रमिक पठाउँदा समस्या थपिएको हो’ उनले थपिन् । तारा पनि लामोसमय वैदेशिक रोजगारीमा गएर फर्किएकी हुन् । पोखरा महानगरपालिका–४ की वडा सदस्य रजनी परियारले वैदेशिक यात्रामा पुगेका श्रमिकले दुर्घटना हुदा श्रम पत्र गरेबापत पाउने रकम पनि दावी गर्न नसक्ने गरेको सुनाइन् । उनले आफ्नो बीमाबारे नेपाली अनविज्ञ हुने बताउदै भनिन, ‘त्यसैमा पनि दलालले ठगीदिन्छ । विदेश जादा श्रम अनिवार्य गर्नुुपर्छ । दुर्घटना भएमा क्षतिपूर्तिको माग गर्न पाइन्छ भन्ने विषयमा पनि जानकारी छैन् ।’ कतिपय श्रमिकले आफ्नो इन्स्यूरेन्सको पोलिसी नम्बर पनि थाहा नपाएको उनले बताइन् । उनका श्रीमान पनि रोजगारीको शिलशिलामा देश बाहिर छन् ।
कास्कीको मादी गाउँपालिकाका खेमराज सापकोटाले वैदेशिक रोजगारीको शिलशिलामा भोगेका समस्या सुनाए । उनले रोजगारीको शिलशिलामा ६वर्ष बराहीनमा विताएको बताउदै विगत कोट्याए, ‘त्यो सयम दुई नराम्रा दुर्घटनाका साक्षी भएँ । जुन घटनाले मलाई अझै पनि पिरोल्छ ।’ मासिक ४०–४५ हजार रुपैयाँ कमाउन बहराइन पुगेका उनीहरु सहकर्मी कार्यस्थलमै मृत्यु हुँदा पैसा र ज्ञानकै अभावले शव पठाउन ६ महिना लागेको सापकोटा सुनाउँछन् । बराहीनमा पुगेर इन्सुरेन्स नगर्दा ती मृत्यु हुनेको परिवारले क्षतिपूर्ति पाउन नसकेको सापकोटाले सुनाए । ‘उनीहरुसँग पनि पैसा रहेनछ हामीसँग पनि थिएन’ उनले भने, ‘पैसा उठाएर ६ महिनापछि शव नेपाल पठाएका थियौ ।’
त्यस घटनापछि भारतका एक व्यक्तिको मृत्यु हुँदा परिवारले ५५ लाख रुपैयाँ पाएको र शव पनि सजिलै पठाएको घटना सुनाउदै पुन थपे, ‘नेपालबाट जाने अधिकाशं श्रमिकको अवस्था यस्तै छ ।’ श्रम कार्यालय पोखराका प्रमुख सुरेश ढकालले वैदेशिक रोजगारीमा जाने संख्यामध्ये गण्डकी प्रदेश पनि उच्च रहेको बताउदै ठगीका मुद्दा पनि बढ्दो क्रममा रहेको बताएका थिए । उनले गण्डकी प्रदेशमा नै १७ हजार ३ सय न्यूनतम पारिश्रमिक नपाउने ८० प्रतिशत रहेको तथ्यांक सुनाए । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत श्रमिक संगठनका अध्यक्ष विष्णुहरि भुगाइले कोरियाको उदाहरण दिदै वैदेशिक यात्रामा जानेहरुलाई जिटुजीमार्फत पठाउँदा श्रमिक सुरक्षित हुने बताएका छन् । भाषा सिकेकै भरमा पनि अन्य देशमा भन्दा कोरिया जाने नेपाली सुरक्षित रहेको उनको भनाई छ ।
सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले नेपालमा बढी ठगी धन्दा मेनपावरमा रहेको बताउदै यसलाई सुधार गर्न नसकिएको दुखेसो पोखे । जिटुजीमार्फत मात्र कामदार पठाउनुपर्ने कुरामा सरकारको जोड हुनुपर्ने उनको भनाई छ । नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघिसकेको छ । हाल दैनिक सरदर २ हजार २ सय जना वैदेशिक रोजगार जाने गरको तथ्यांक छ । सामीका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशबाट ९९ हजार ८ सय ३ जना वैदेशिक रोजगारमा गए । जसमध्ये महिला ८ हजार ३ सय ५७ जना छन् । गण्डकीका एघार जिल्लामध्ये सवैभन्दा बढी स्याङ्जाबाट गएका छन् भने, तनहुँ, बाग्लुङ रहेका छन् । यसका लागि गण्डकी प्रदेश सरकारले श्रम तथा रोजगार नीति २०७८ कार्यान्वयनमा ल्याएको छ । इकान्तिपुरबाट..