आफ्नै खर्चमा चौतारो संरक्षण

Share this post :

Facebook
Twitter
WhatsApp

धार्मिक परम्पराकोरुपमा लिइदै आएका वरपीपलसहितका चौतारा पछिल्लोसमय मासिदै गएका छन् । चौतारो मासेर बाटो लैजाने होडबाजी चल्दा वरपीपल र चौतारा संकटमा परेका हुन् । तर, स्याङ्जाको वालिङ नगरपालिका–१ मोहडाँडाका भेषराज रेग्मीले चौतारा संरक्षणमा जुटेका छन् । उनले मासिदै गएका वरपीपलसहितका चौतारा धार्मिक रुपमा महत्वपूर्ण रहेको भन्दै संरक्षणमा जुटेका हुन् ।
पेशाले उनी प्रहरी हुन् । विदाको दिन घर आएको मौका पारी उनले आफ्नै खर्चमा चौतारो संरक्षणमा लागेको बताए । ‘वरपीपल अनि चौतारो हाम्रो आस्थाको प्रतीक हो’ उनले भने, ‘चौतारो कुरुप भयो । झाडी उस्तै, भत्किएर आका थिएन । रुख काट्ने प्रचलन । सानैदेखी पूजा गरेको चौतारो लथालिंग देख्दा मन बुझेन अनि संरक्षण गरेको हुँ ।’ उनले एकादशीको दिनमा समीको वेर्ना पनि लगेर सारेको बताए । कमाएको केही रकम समाजसेवामा खर्च गर्ने रहरले चौतारो निर्माणमा खर्चिएको उनले बताए ।
‘मैले आफ्नै घरमाथि चौतारी पनि बनाएको छु’ उनले भने, ‘बिशुद्द सामाजिक र वातावरणिय कार्य हो । विग्र्रिका भत्किएका चौतारा बनाउनुपर्छ भनेर अभियान चलाउन मन छ तर, जागिरे मान्छे बढी समय दिन भ्याउदिन ।’ उनले बनाएका यस्ता केही चौतारा गण्डकी प्रदेश सरकार र संघिय सरकारले अभिलेखिकरण गर्न खोजेको सुन्नमा आएको बताए । आफूलाई कसैको सम्मान भन्दा पनि आफ्नै आत्मसम्मानको लागि समाजसेवाको काम गरेको उनले बताए । ‘पुर्खाहरुले लगाएको र उपेक्षामा रहेको चौतारी संभार गरे’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *