पाेखरा महानगरकाे मेयर पदमा सिफारिस भएका दिपक पाैडेलले अाफ्नै पार्टीबाट चरित्र हत्या भएकाे प्रतिक्रिया दिएका छन् ।
उनकाे विज्ञप्ति जस्ताकाे तस्तै
मिति २०७९ वैशाख १२ प्रेस विज्ञप्ति
कामको श्रेष्ठताको आधारमा मैले मेयरको टिकट पाएँ ।
केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । पार्टी अध्यक्ष केपी शर्मा वलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे । मलाई वैशाख १० गते पार्टीको आधिकारिक सचिवालय बैठकले मेयर पदको उमेदवार बनाएको थियो ,पार्टी अध्यक्षज्युले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्ने गरि निर्णय परिवर्तन गर्न सुझाव माग्नु भयो । म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबध्दता प्रकट गरे । तर पार्टीको सचिवालय बैठकको निर्णय विपरीत आएको अप्रत्याशित निर्णयप्रति भने असहमति प्रकट गर्दछु । पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध भएको कार्य पार्टी कमिटीबाटै बहस गर्ने नै छु ।
मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु ।यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु ।
मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन ,अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु ।मलाई शुभेच्छा प्रकट गर्ने हजारौं जनसमुदाय तथा आफन्तजनप्रति आभार प्रकट गर्दै ,गलत प्रवृत्तिकाविरुद्ध सदाझै पार्टीमा रहेर संघर्ष गर्ने प्रण गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।
दिपक पौडेल
सचिवालय सदस्य, नेकपा एमाले
गण्डकी प्रदेश