अार्थिक क्षेत्रमा अप्रत्यक्ष रूपमा लगानी गरिएकाे भए पनि प्रत्यक्षरूपमा लगानी गर्ने ५.२२ प्रतिशत रहेकाे छ । स्थानीय तहमा अार्थिक विकासकाे विषयमा पाेखरामा गरिएकाे छलफलमा साे कुरा बताईएकाे छ । स्थानीय तहमा अार्थिक विकासकाे विषयमा मंगलबार पाेखरामा प्रदेशस्तरीय छलफल गरिएकाे थियाे ।
अर्थ विज्ञ माेहनदास मान्नधरले प्रदेशकाे अार्थिक विकास सरकारले गर्ने, नीजि क्षेत्र या अन्य साझेदारी संस्थाले गर्ने भन्ने विषयमा कसरी सहयाेग गर्न सकिन्छ भनेर छलफल चलाईएकाे बताए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे स्राेत परिचालन समन्वय शाखाका राजकुमार बाेहराले अार्थिक अवस्थाबारे सूचांककाे कार्यपत्र प्रस्तुत गरेका छन् । स्थानीय सरकारकाे ५ वर्ष पूर्वाधार निर्माणमा नै खर्च भएकाे बताउँदै उनले अब दिनमा कृषि र अर्थतन्त्रमा जाेड दिनुपर्ने बताए । उनले सरकारका महत्वकांक्षी याेजना भएकाले कार्यान्वयनमा समस्या रहेकाे बताए ।