अलपत्र नेपाली लिन इजरायल पुगेकाे नेपाल एयरलाइन्स २५० नेपालीलाई लिएर आज राती फर्किदै छ । सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । नेपालबाट गएको जहाजमा स्वेदश फिर्ताका लागि इजरायलको तेलअभिभ एयरपोर्टमा २५० जना नेपाली आइपुगेका छन् । विमानस्थलमा अहिले उनीहरुको पासपोर्ट संकलन भइरहेको छ ।
केही बेरमा नेपाली विमान इजरायल पुग्ने बताइएकाे छ । अलपत्र र नेपाल फर्किन चाहाने नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी पनि गएका छन् । इजरायलमा भएकाे युद्वमा १० नेपालीले ज्यान गुमाएका छन् । सरकारले उनीहरूकाे शव नेपाल ल्याउनकाे लागि पहल गरेकाे छ ।
Post Views: 20