इलाम उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

इलाम प्रतिनिधि सभा २ काे उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

मंगलबार बिहान जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

२०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । पहिचानवादी नेता डकेन्द्र सिं थेगिमले ११ हजार ४ सय ५७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *