तनहुँ निर्वाचन क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । मंगलबार सम्पन्न भएकाे मतपरिणाम अनुसार १४ हजार ७ सय ९७ मतान्तरसहित वाग्ले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गाेविन्द भट्टराईले २० हजार १ सय २२ मत ल्याउदा वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएका थिए । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत ल्याएका छन् । तनहुँ-१ मा कुल खसेकाे मत संख्या ६५ हजार ३ सय १६ थियाे ।
१ हजार १ सय ८१ मत बदर भएकाे थियाे । वैशाख १० मा भएकाे तीन निर्वाचन क्षेत्रकाे उपनिर्वाचनमध्ये तनहुँ-१ काे मात्र नतिजा आएकाे छ । चितवन-२ र बारा-२ काे मतगणना भईरहेकाे छ ।
Post Views: 22