माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लव ‘सी’बिच माडीमा भेटवार्ता भएको छ । उनीहरूबिच पार्टी एकता लगायतका राजनैतिक विषयमा छलफल भएको हो ।
पछिल्लो समय पूर्व माओवादीहरुबिच एकताको प्रयास भइरहेका बेला दुई नेताबिचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ । दुबै नेता आज माडीमै रहने छ । उनीहरुबिच पार्टी एकता लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
यसैबिच उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयहरुसँगसमेत भेटघाट गरेका छन् । घेटका क्रममा माडीका स्थानीयहरुले माडीमा बजेट कम विनियोजन भएको लगायतका गुनासोहरु राखेका थिए ।
माअेवादी केन्द्रका युवा नेता सन्तोष पनेरुका अनुसार बसन्तपुरमा हुने भुवानि प्रसाद पौडेल सातौं स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल खेलको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ ।
