उपमेयरमा नदोहोरिने मञ्जुको चाहना

Share this post :

Facebook
Twitter
WhatsApp

एमाले पार्टी केन्द्रीय कार्यालयको शनिवार बेलुका बसेको वैठकले महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुङगो लगाएको छ । मूलुककै ठूलो महानगर पोखराको लागि मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारिस गरेको थियो । मेयर पदमा सिफारिस भएका पौडेल पूर्व शिक्षक हुन् । उनी पार्टीको प्रदेश सदस्यसमेत रहेका छन् ।
उपमेयर पदमा सिफारिस भएकी गुरुङ पार्टीको केन्द्रीय सदस्य हुन् । गुरुङ पोखराकी वाहालवाला उपमेयर समेत रहेकी छन् । तर, पार्टीको यो निर्णयप्रति उनी खुशी छैनन् । भन्छिन, ‘यस विषयमा म केही बोल्न चाहन्न् ।’ पार्टीको निर्णण्प्रति असन्तुष्टि जनाउदै उनी मौन बसेको स्रोतले जनाएको छ । उनले पार्टी महानगर कमिटीबाट मेयर र उपमेयरको नाम सिफारिस गर्ने क्रममा पनि कुनै पदमा दावी गरिनन् । एक पटक उपमेयर भएका कारण पुनः सोही पदमा नदोहोरिने चाहाना उनको छ । उनले स्थानीय तहको नेतृत्वमा महिला लानुपर्छ भनिरहदा मेयरमा आफै जानुपर्छ भन्ने नभएको बताउदै आएकी थिइन् ।  
आफूलाई प्रमुख पदमासमेत चुनाव लड्ने इच्छा नरहेको भन्दै पुनः उपप्रमुखमा पार्टीले निर्णय गरेको बताइन् । केही दिनअघि उनले भनेकी थिइन्, ‘यदी पार्टीले चाहयो भने मेयरमा चुनाव लड्छु । तर, म मेयर हुन्छु भनेर टिकट मागदिन । जनप्रतिनिधि नभए पनि बा“की जिवन पार्टीमै विताउने हो ।’ उनले उपमेयर लड्ने रहर नभएकाले उम्मेदवारी दर्ता गर्ने पहिलो दिनसम्म पदबाट राजीनामा दिएकी छैनन् । उपमेयरका प्रेस संयोजक एकराज गिरीले पार्टीले आफूखुशी निर्णय गरे पनि आधिकारीक निर्णय भने नभएको बताए । ‘पार्टीले केन्द्रमा निर्णय गरेको छ तर, तपाई नै पोखरा महानगरको उपमेयर पदको आधिकारीक उम्मेदवार हो भनेर आधिकारीक खबर प्राप्त भएको छैन’ गिरीले भने, ‘पार्टीको आधिकारीक निर्णय आएपछि मात्र उहा“ (गुरुङ)ले आफ्नो धारण सार्वजानिक गर्नुहोला ।’
स्रोतका अनुसार गुरुङ विनागुट विनाविवाद मेयरको उम्मेदवार हुन चाहान्थिन् । पोखरा महानगरको मेयरमा गुरुङ बलियो उम्मेदवार मानिन्थिन् । गुरुङ पार्टीको केन्द्रीय सदस्य र पौडेल प्रदेश सदस्य भएकाले पनि गुरुङ असन्तुष्टि भएको बताइएको छ । उपमेयर भएर ५ वर्ष अनुभव समेलेकाले पनि उनी सक्षम उम्मेदवारभित्र पर्छिन् । मेयरका उम्मेदवार पौडेल विगतमा केही घटनामा संलग्न रहेकाले पनि अहिले विवादमा तानिएका छन् । एमालेले कमजोर उम्मेदवार उठाएको आंकलन पोखराबासीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *