उपराष्ट्रपतिकाे निर्वाचन आज हुँदै छ । मतदान नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुनेछ । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र तय गरिएको छ ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
निर्वाचनमा एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा, जनता समाजवादी पार्टीका रासहायप्रसाद यादव उम्मेदवार रहेका छन् ।
सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्नेछ ।