उपराष्ट्रपतिकाे निर्वाचन सुरू भएकाे छ । संसद भवन बानेश्वरस्थित निर्वाचन सुरू भएकाे हाे । निर्वाचन आयोगले मतदानको समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म तोकेको छ ।
उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै नतिजा आउने बताएको छ ।
रामसहाय यादव गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका छन् भने प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छन् । गठबन्धनमै रहे पनि जनमत पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ ।
Post Views: 19