गण्डकी प्रदेशसभाकाे उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । आज भएकाे प्रदेशसभा वैठकमा ३२ मत ल्याएर थापा बहुमतले निर्वाचित भएकी छन् । उनकाे विपक्षमा २६ मत आएकाे थियाे । संविधानकाे धारा १८२ र प्रदेशसभा नियमावली ९ अनुसार थापा निर्वाचित भएकि हुन् । थापा बाग्लुङबाट समानुपातिकतर्क निर्वाचित सांसद हुन् । थापालाई सांसद गोविन्दबहादुर नेपालीले उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने, माओवादी निकट सांसद सुशीला सिम्खडाले समर्थन गरेकी थिइन् ।
Post Views: 22