ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन् ।
चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।
Post Views: 26