नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले आज पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेको छ ।
मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुण कुमार बि।सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।
Post Views: 33