एक लाखसहित ८ जुवाडे पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की प्रहरीले १ लाख ७ हजार दुई सय पच्पन्नसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१३ की सूर्यकुमारी गुरुङको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगदसहित शनिवार पक्राउ गरेको हो ।
प्रहरीले २ सय ११ पत्ती तास पनि नियन्त्रणमा लिएको जनाएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ हुनेमा तनहुँको देवघाट घर भई पोखरा–१३ मियापाटन बस्ने घरधनी ४४ वर्षिया सूर्यकुमारी गुरुङ, सर्लाही घर भई पोखरा–११ रानीपौवा बस्ने ३८ वर्षको ललितकुमार बस्नेत, सोही ठाउ“का ३५ वर्षिय रुपक बस्नेत, बाग्लुङको जैमिनी नपा–७ घर भई पोखरा–११ फुलवारी बस्ने ४० वर्षको दिपक खड्का, पोखरा–७ का ३१ वर्षिय सूर्य थापा, धादिङको निलकण्ड नपा–४ घर भई पोखरा–११ बस्ने ३७ वर्षिय रमेश ठकुरी, पोखरा–१३ बस्ने ४० वर्षिय आशबहादुरगुरुङ र लमजुङको राइनाश नपा–१० घर भई हाल पोखरा–१० बस्ने ४४ वर्षिया कमला गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *