तीनै तहका सरकारले प्राथमिकतामा पूर्वाधार राखेकाे सराेकारवालाले बताएका छन् । आमा मिलन केन्द्र कास्कीको आयाेजनामा स्थानीय तहकाे याेजना तर्जुमा प्रकृयामा नागरिक सहभागिता कार्यक्रममा सराेकारवालाले अब स्वास्थ्य, शिक्षा केन्द्रित बजेत ल्याउनुपर्ने बताएका थिए ।
विकास भन्ने बित्तिकै भाैतिक पूर्वाधार मात्रै नभए सामाजिक, आर्थिक, शारीरिक क्षमता अभिवृद्धि पनि रहेकाे बताएका छन् । यस्तै, सहजकर्ता काेपिला डंगाेलले बजेट व्यवस्थापनमा पहिचान छनाेट गरि प्रपाेजल हालेर बजेट निकासा गर्न भन्दा पनि वडा तहबाटै बजेट आउनुपर्ने बताईन् । एचआईभी पनि विपत् रहेकाे बताउदै उनले कार्यक्रम र बजेट तर्जुमा तथा निकासा प्रकृया, गाउँ नगर वार्षिक याेजना तर्जुमाका चरणहरू पनि बुझ्न जरूरी रहेकाे छलफलमा बताएकी थिईन् ।
संक्रमितलाई जिविकाेपार्जन कार्यक्रम आवश्यक रहेकाे सहभागीहरूकाे भनाइ थियाे । यस्ता विरामीलाई वडा तहबाट नै।सेवा दिनुपर्ने माग गरिएकाे थियाे । पाेखरा-१७ का वडाध्यक्ष राधीका शाहीले यस्ता कार्यक्रमलाई वडा तहबाट सम्बाेधन गरेर लैजाने बताईन् । यस्तै आमा मिलन केन्द्रका केन्द्रीय अध्यक्ष अन्जु केसीले एचआईभी नसर्ने राेग हाे भनेर समाजलाई बुझाउन नसकिएकाे बताईन् । केन्द्रकि कास्की अध्यक्ष ईन्दिरा पाैडेलले संक्रमितकाे अवस्था दयनिय रहेकाे र उनीहरूकाे पक्षमा बाेल्ने काेही पनि नरहेकाे बताईन् ।
छलफल कार्यक्रममा एचआईभी संक्रमित व्यक्ति, यश क्षेत्रमा काम गर्ने सराेकारवाला व्यक्ति लगायतकाे सहभागीता थियाे । कार्यक्रम आमा मिलन केन्द्रकाे हलमा गरिएकाे थियाे ।