एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा सुनिल ठकुरीको उम्मेद्वारी

Share this post :

Facebook
Twitter
WhatsApp

गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसिसी) मा अहिले चुनावी माहोल चलिरहेको छ । आगामी जुलाईभित्र सबै राष्ट्रिय समन्वय परिषद्लाई अधिवेशन सकेर नयाँ नेतृत्व चयन गर्न गैरआवासीय नेपाल संघले निर्देशन दिएका कारण एनसिसि धमाधम चुनावमा जुटेका छन् ।

युरोपेली राष्ट्र पोर्चुगलमा पनि यतिबेला नेपाली समुदायमा चुनावी माहोल बनिरहेको छ । एनसिसी पोर्चुगलको निर्वाचन आगामी जुलाई ३० का लागि तय भएको छ । सोही निर्वाचनमा लिस्बनमा बस्दै आएका युवा सुनिलमल्ल ठकुरीले एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । चुनावको मिति नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार सुनिलमल्ल ठकुरीले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । नेपाली राष्ट्रिय रग्बी टोलीका पूर्वखेलाडीसमेत सुनिलले उम्मेद्वारी घोषणा गरेसँगै विभिन्न ठाउँमा पुगेर नेपाली समुदायहरूसँग छलफल र अन्तरक्रिया गरिरहेका छन् ।

नेपालले कतारमा भएको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता खेल्नुका साथै तत्कालीन मध्यमाञ्चल र गोर्खाली रग्बी क्लबबाट राष्ट्रिय प्रतियोगितासमेत जितेका थिए । युवा उम्मेद्वारी ठकुरी नेपालमा रहँदा मार्सल आट्सका विभिन्न विधा खेलाडीसमेत हुन् । खेलकुद पृष्ठभूमि र युवाहरूमाझ लोकप्रिय रहेकाले उनलाई एनआरएन पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारको रूपमा हेरिएको छ । संस्थागत रूपान्तरणः सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर उनी चुनावी मैदानमा उत्रिएका छन् ।

निस्वार्थ सेवा, नेपाली समुदायमा एकता र सबैको साझा एनआरएनए बनाउने उद्देश्यअनुरूप पोर्चुगलमा रहेका नेपाली समुदायबीच गएकाले आफूले जित्ने उनको विश्वास छ । युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने धारणा सबैको रहेकाले पनि आफ्नो जित हुने उनको विश्वास छ । नेपालीहरूका लागि युरोपको सबैभन्दा बढी रोजाईको गन्तव्य पोर्चुगल बन्दै गए पनि उनीहरूले आफ्नो समुदायबाट साथ सहयोग पर्याप्त नपाएको गुनासो आइरहेको समयमा आफूले संस्थागत रूपमा पुलको काम गर्ने ठकुरीले बताए । आफू युवा र विभिन्न समाजलाई केन्द्रित गरेर अघि बढ्ने योजनामा रहेको उम्मेद्वारी ठकुरीको भनाइ छ ।

सबैसँग सहकार्य गरेर आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको पनि ठकुरीले बताएका छन् । आफ्नो जित भएमा रोजगारी र पेशागत विकासजस्ता निश्चित विषयहरूमा एनसिसी पोर्चुगलबाट प्रशिक्षण दिलाउने कार्यक्रमहरू अगाडि बढाउने उनको लक्ष्य छ । उम्मेद्वारी सुनिलले नेतृत्वमा नरहँदा पनि नेपाली समुदायलाई अफ्ठयारो परेका समयमा सहयोग गर्दै आएको र उनको सरल तथा मिलनसार शैलीका कारण धेरै नेपाली प्रभावित भएकाले पनि उनले जित्न सक्ने आधार रहेको लिस्बनमा बस्दै आएका युवाहरू रामेश्वर बर्तौला र सन्जय बर्तौला बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *