एनवाईईएफको पोखरा– लोमान्थाङ मोटरयाली आजदेखि

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म आजदेखी चार दिने मोटर¥याली गर्ने भएको छ ।
‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७ देखि २० गते शनिबारसम्म ¥यालीको आयोजना गर्ने भएको हो ।
कोभिडपछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरलानाका, लोमान्थाङ, मार्फा, जोमसोङ लगायतका ठाउँको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ¥यालीको आयोजना गर्न लागिएको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।
यसका साथै ¥यालीले स्थानिय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस)को प्रवद्र्धन लगायतमा पनि सघाउन पुग्ने अध्यक्ष मल्लले बताए ।
¥यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुले सहभागिता जनाउँदै छन् । पोखरा–कोरला नाकासम्म हुने ¥यालीमा २५ बढी गाडीमा उनीहरुको सहभागिता रहनेछ ।
¥यालीका समयमा हुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडीमा समस्या आएमा गाडी बनाउनका लागि ईञ्जिनियर र मेकानिक्सको टिमसँगै रहनेछन् । ¥यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाईन्ट तोकिने छ । एक प्वाईन्टबाट अर्को प्वाईन्टमा पुगेपछि आराम गर्नका लागि ईन्टरभलको समय छुट्याईने व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ ।
संस्थाले विगत केही समयदेखि मोटर¥याली आयोजना गर्दै आएको छ । सन् २००३ मा स्थापित गैर नाफा मुलक सामाजिक संस्थाका रुपमा स्थापित संस्थाले युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवालाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने, युवा उद्यमीबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीप लगायतका कार्य गर्दै आएको छ । संस्थामा देशका १२ वटा शहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *