एनसेल खरिद बिक्रीको अध्ययन तथा छानविन गर्न उच्चस्तरीय समिति गठन

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल सरकारले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेनको शेयर खरिद विक्रीको विषयमा अध्ययन तथा छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद्को वैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।

मन्त्रिपरिषद्को वैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ भने, सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको छ । विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने विषयमा पनि वैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *