एभरेस्ट एफएमको रक्तदान कार्यक्रम, १८६ यूनिट रगत संकलन

Share this post :

Facebook
Twitter
WhatsApp

एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ ।

रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।
रक्तदान गर्ने १८६ जनामध्ये १५१ जना पुरुष र ३५ जना महिला रहेको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रक्तदान कार्यक्रममा २५ प्रतिशत पहिलो रक्तदाता थिए । शनिबार भएको रक्तदानमा ४५ जनाले पहिलोपटक रक्तदान गरेका हुन् ।
मंसिर महिनामा रक्तदानका कार्यक्रम कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान कार्यक्रम गरिएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।

क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङ अस्पताल गैह्रापाटनको प्राविधिक सहयोग रहेको थियो ।
रेडियोले दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार माछापुच्छ्रे गाउँपालिका–२ को बाराही आधारभुत विद्यालय खांदरजुङमा अध्ययनरत ४३ जनालाई न्यानो कपडा वितरण गरेको थियो ।

यसअघि एफएमले रेडियो शुभारम्भको अवसरमा गतवर्ष सामाजिक उत्तरदायित्व वहन अन्र्तगत मानव सेवा आश्रम पोखरालाई एकलाख ५० हजार सहयोग हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *