नकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले पार्टी परित्याग गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेको स्टाटसमा लेखेका छन् ।
‘अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु‚ उनले भनेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेको बताए ।
उनका अनुसार अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा गर्दै आएको उनले बताए ।
