एमालेको गण्डकी अधिवेशन आजदेखि

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेको पहिलो अवधिशेन सोमबारदेखि सुरु हुनै छ । अमरसिंह चौरमा हुने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम छ । गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि चयन भएका छन् । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएको थियो भने, कास्कीको रुपाले भने मतदानमार्फत् प्रतिनिधि छनोट गरेको थियो ।
अधिवेशन दुई दिनसम्म चल्नेछ । बुधबारसम्म नेतृत्व चयन हुने एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बताए ।
अमरसिंहमा उद्घाटन गरिएपछि सभागृहमा बन्दसत्र हुनेछ । अधिवेशनको उद्घाटन समारोहमा पोखराका विभिन्न ४ ठाउँबाट ¥याली निकाल्ने तयारी छ । गण्डकी प्रदेश एमालेमा १ सय ६५ जनाको कमिटी गठन हुनेछ । अझै सानो बनाउने प्रयास गरिरहेको शर्माले बताए । १५ गते बेलुका नै बन्द हुनेछ । खर्च बढ्ने बताउँदै उनले खर्च कटौतीको लागि पनि नेतृत्व चयन छिटो भन्दा छिटो गरिने बताएका छन् । मतदान भने मेसिनमार्फत् हुनेछ । अधिवेशनका लागि कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी हुनेछन् ।
प्रतिनिधिलाई पोखराका विभिन्न २१ होटलमा राखिएको छ ।
लुम्बिनी र बागमतीको अधिवेशन सकाएको एमालेले अन्य प्रदेशमा उद्घाटन भए पनि नेतृत्व चयन गरिसकेको छैन । गण्डकीमा पनि सहमतिको प्रयास गरिएको छ । तर, प्यानल बनाएर नै चुनावमा जाने तयारी रहेको स्रोतले जनाएको छ । नेताको गुट अनुसार चुनावी मैदानमा जाने तयारीमा आकांक्षी छन् ।
एमाले प्रदेश इन्चार्ज गोकर्ढा विष्टले गुट बनाएर निर्वाचनमा जाने छुट कसैलाई नरहेको बताएका छन् । उनले सहमतिबाट नै नेतृतव चयन हुनुपर्ने बताए । ‘सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ’ उनले भने, ‘कसैले मन दुखाउनुहुन्छ भने स्वच्छ प्रतिस्पर्धा हुन्छ । निर्वाचन लडेपछि चुनाव हार्नेलाई पनि मन बुझाउन सजिलो हुन्छ । तर, पार्टीले हस्तक्षेप भने गर्दैन् ।’ गण्डकीमा पृथ्वीसुव्वा गुरुङ र खगराज अधिकारीको गुट छ । विष्टले बाहिर देखिए जस्तो गुट नभएको र दुवै पक्ष छलफलमा जुटेको बताए । नेतृत्वको लागि हालैका अध्यक्ष नवराज शर्मा, केन्द्रीय सदस्य मायानाथ अधिकारी, रामशरण बस्नेत, कृष्ण थापा र राजीव पहारी लगायतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *