एमालेका आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ ।
एमालेबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी दर्ता गराएको थियो । तामाङको नाम नयाँ शक्तिबाट समानुपातिकमा देखिएपछि पुन फूर्पुसिङ्गीको नाम दर्ता गराइएको थियो । एउटै पार्टीबाट अध्यक्षमा दुई जनाको नाम दर्ता भएकाले रद्द गरिएको निर्वाचन अधिकृत शान्ति प्रसाद लुइँटेलले बताए । यसको लागि निर्वाचन आयोगसँग राय लिनेकाम भईरहेकाे छ ।
आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ।
Post Views: 20