एमालेले जिते मात्र विकास– ओली

Share this post :

Facebook
Twitter
WhatsApp

एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले जिते मात्र मुलुकमा विकास सम्भव हुने बताएका छन् । उनले एमालेकै नेतृत्वमा विकासले फड्को मार्ने बताए । पोखरा महानगरपालिकाको आयोजनामा सोमबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । एमालेकै नेतृत्वको सरकारले मूलुकमा विकासले फड्को मारेको प्रतिक्रिया उनको थियो ।
उनले ५ दलीय गठबन्धन अपवित्र रहेको पनि बताएका छन् । अध्यक्ष ओलीले देशको हितमा राखिएका विषयवस्तुलाई पनि उखानटुक्का भन्दै उडाने गरेको बताउदै भने, ‘म जति राम्रो बोले पनि उखान भनेर उडाइन्छ । यो देशमा त बुद्धिजिवी नै छैनन् ।’ उनले गठबन्धनले चुनाव जित्नको लागि धा“धली गर्न सक्ने भन्दै कार्यकर्तालाई सतर्क रहन पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *