राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने बताएका छन् । शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने उनले बताएका थिए ।
पार्टीका जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न शनिवार पोखरा आएका थापाले एमालेस“ग प्रारम्भिक छलफल भएको बताए । ‘अव विस्तृतरुपमै छलफल गरेर अघि बढ्छौ’ उनले भने, ‘आवश्यकता अनुसार अन्य दलसँगपनि सहकार्य हुन्छ ।’ यतिवेला सवै दल आफ्ना कार्यकर्ता आकलन गर्ने व्यस्त रहेको बताउदै उनले आफूहरुपनि संगठन विस्तारमा नै व्यस्त रहेको बताए ।
गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल पुनजागृत गर्न सफल भएको बताउदै उनले तुलनागतरुपमा अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा देशको विकास गर्ने, विचार र प्रमुख संवाद गर्न राजनीतिको मुल धारमा स्थापित हुने बताए । यसको लागि केही समय लाग्ने उनको भनाई थियो । राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुनस्थापना, सुशासन र समृद्धिको मुख्य एजेडा लिएर चुनावमा जाने उनले जनाए ।
छोटो सयममा नै पार्टीमा सांगठानिकरुपमा उत्साह थपिएको धारण राख्दै थापाले स्थानीय तहको निर्वाचनमा पार्टीको कुनै महत्वकांक्षा नरहेको, कार्यकर्तालाई चुनावलक्षित कार्यक्रम तय गराएको र पार्टीको खुट्टा राख्ने ठाउँको निर्माण गर्ने बताए । ‘अगामी मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराउछौ’ उनले भने, ‘त्यसपछि पार्टीलाई क्रमश अग्रणी स्थानमा पु¥याउछौ ।’ ०६३ मा अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गको चित्र बोकेर स्थापित राप्रपा नेपाल २०७० को निर्वाचनमा कांग्रेस र कम्युनिष्टको तेस्रो ठूलो पार्टी बनेको थियो । २०७३ पछि पार्टीलाई ठूलो बनाउने महत्वाकांक्षा राख्दा गलत प्रवृतिसंग सम्झौता गरिएको र ५ वर्ष अलमलै विताएको बताउदै थापाले विगतका कमजोरीलाई सच्याएर अघि बढ्ने प्रतिवद्धता गरेका छन् ।
१५ वर्षसम्म राजतन्त्रको एजेण्डा बोकेर हिड्दा पनि राजसंस्था र निर्मल निवासले सहयोग नगरेको बताउदै उनले धरातलीय अवस्था अनुसार राजतन्त्र पुनःस्थापित नहुने बताए । ५० वर्षसम्म राजा र राजसंस्थालाई आत्मसाथ गर्दै नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र नै ठीक भन्दै हिडिरहदा पनि राजसंस्थाबाट नै कमजोर बनेको बताउदै उनले थपे, ‘राजतन्त्र पुनस्थापना विदेशीले गर्ने होइन, सेनाले कू गरेर हुदैन । जनताको मन जित्नुपर्छ । राजनीति दलसँगको सहकार्य र समन्वय आवश्यक छ भनेर सम्झाउदा पनि सुनुवाई भएन । झन सम्बन्धको खाडल बढ्दै गयो ।’ यसकारण आफूले राजतन्त्रका एजेण्डा नबोकेका बताएका थिए । २०६३ को राजनीतिक परिवर्तनपछि देशमा कांग्रेस र कम्युनिष्टको विकल्पमा प्रजातन्त्रको पक्षमा प्रतिबद्ध रहेको राप्रपा नेपालले पार्टी एकताको वाहनामा पटकपटक गलत प्रबृतिसंग सम्झौता गर्नुपरेको बताए । लोकप्रिय चुनाव चिन्ह गाई, दुई पार्टी मिल्दा तीन अध्यक्षको प्रावधान जस्ता सहमति हुदा पनि पार्टीमा गलत प्रबृतिको रजाइँ भएकाले आफूले राजनीमा दिएर छुटै बसेको बताए । ‘५० वर्ष राजनीतिमा विताए, अव के गर्ने त ? शुभचिन्तकले प्रश्न गरे । गीता छोएर खाएको कसम पनि विस्रिएको थिइन् । तर, पनि विकल्पमा नया“ बाटो रोजेको हुँ ।’
