एमाले अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्री नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज प्रम नियुक्त गरेका हुन् । राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।

ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *